एमाले मधेश प्रदेशको अधिवेशन सुरु
जनकपुरधाम - नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु अधिवेशन सुरु भएको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
२३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठ वटै जिल्लाबाट खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट भएका छन् ।
प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ भने १०५ जना स्वयंसेवक परिचालन गरिएको एमाले मधेश प्रदेशले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया