दल

अख्तियारको अनुसन्धान कमजोर भयोः राजेन्द्र पाण्डे

इकागज |
असोज २४, २०८० बुधबार १८:० बजे

काठमाडौँ  - नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धान कमजोर भएको बताएका छन् । 

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । उनले कतिपय ऐन बनाउने सवालमा आयोगलाई दिइएको अधिकारको दुरुपयोग भएको बताए । उनले स्थानीय तहमा सहभागी भएका राजनीतिक दलहरूले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य निभाउन आवश्यक रहेको बताए । उनले फाइललाई वर्षौंसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ की छैन ? भन्दै प्रश्नसमेत गरे । उनले आयोगले कमजोरी गरेको बखतमा बाहेक न्याय दिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए । 


उनले भने, ‘कतिपय ऐन बनाउने सवालमा उहाँहरूलाई पाएको अधिकारलाई पनि अलिकति दुरुपयोग हुने काम भएको छ । त्यतातिर हामीले ध्यान दिनुपर्छ । स्थानीय तहमा सहभागी भएका राजनीतिक दलहरूले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य हाम्रो पनि हो । कहिले कहीँ अख्तियारले सम्झाउँछ, कहिले कहीँ आफैंले पनि सम्झिँदा हुन्छ । यतातिर पनि हामीले ध्यान दिनुपर्छ । फाइललाई वर्षौंसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ की छैन ? रातो घरको बेसरी आतंक छ । त्यो आतंक होइन, कमजोरी गरे भने छुट्टै हो नत्र यो घरले न्याय दिन्छ भन्ने विश्वास जगाउनु पर्छ । यो विश्वासमा केही कमी भएका छन् । अनुचित कार्य अनुचित ढंगले नै प्रयोग भएकाले संविधानबाट पनि यो शब्द हटाउनु परेको हो । अख्तियारको विस्तृत अनुसन्धान कमजोर छ । त्यसकै लागि एक्सपोटिजको विकास गर्ने ढंगले लाग्नुपर्छ । क्षमता वृद्धिको लागि भुमिका खेल्नुपर्छ ।’

सांसद पाण्डेले अख्तियारमा क्षमता वृद्धि हुन जरुरी रहेको बताए । 


Author

थप समाचार
x