दल

गोविन्द पोखरेलको प्रश्न - कोशीमा शेखरलाई किन साथ नदिएको ?

इकागज |
असोज २५, २०८० बिहीबार २१:१२ बजे

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द पोखरेलले कोशी प्रदेशमा महामन्त्री गगन थापाले डा. शेखर कोइरालालाई साथ नदिएको भन्दै प्रश्न गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै पोखरेलले यस्तो प्रश्न गरेका हुन् । 

'शेखर कोइराला शेरबहादुरसँग मिल्यो भन्ने भाष्य निर्माण गर्नेहरुले अहिले कोशीमा कांग्रेसकै मुख्यमन्त्री बनाउनुपर्छ भन्दा साथ दिएनन्', उनले लेखेका छन् । 


केही महिना अघि कोइराला देउवासँग मिले भनेर पार्टीभित्रै आलोचना हुँदै आएको थियो । सो कुरा महामन्त्री थापाले फैलाएको लक्षित पोखरेलले गरेका छन् । तर उनले ट्विटमा थापाको नाम उल्लेख गरेका छैनन् ।

उनले लेखेका छन्, 'हिजो शेखर कोईराला शेरबहादुरसंग मिले र सभापतिका हरेक कार्यलाई समर्थन गरे भन्ने भाष्य निर्माण गर्ने समुहले आज शेखर कोइरालाले ब्यक्ति भन्दा पार्टी ठुलो हो ब्यक्ति परिवर्तन गरेर भएपनि काग्रेसकै मुख्य मन्त्री बनाउनु पर्छ भन्दा त्यो समुहले साथ दिएन। राजनीतिमा मान्छेका रुप अनेक 🥲🙈'


Author

थप समाचार
x