आरजु राणाले भनिन् : कांग्रेसलाई एकताबद्ध गर्न नसके इतिहासले सराप्छ
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ आरजु राणा नेपाली कांग्रेस पार्टीलाई एकताबद्ध गरेर लान नसके इतिहासले सराप्ने बताएकी छिन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ राणाले अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई सबै मिलेर एकताबद्ध बनाएर लैजान नसके इतिहासले सराप्ने बताएकी हुन् । उनले नेपाली कांग्रेस पार्टीका अग्रज नेताहरूले बोल्नसम्म नसक्ने अफ्ठ्यारो अवस्थाबाट लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको भन्दै विगतको विरासतलाई अहिलेका नेताहरूले कायम राख्न सक्नुपर्ने जिकिर गरिन् ।
नेतृ राणाले नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर लैजान नसके अहिलेको पुस्तालाई गाली स्वर्गीय महान नेताहरूको आत्माले शान्ति नपाउने बताइन् । उनले अप्ठ्यारो अवस्था पार गरी संविधानमा लोकतन्त्र र समाजवादमा विश्वास गरेर बनाएको अहिलेको अवस्थामा समेत दौडन नसक्नु राम्रो नभएको बताइन् । उनले नेताहरू पार्टी र देश बनाउने भन्दा पनि खाली एउटाले अर्कोलाई ढुङ्गा हानेर समय बिताउने काम भएको टिप्पणी गरिन् । उनले अग्रज नेताहरूले नेपाली कांग्रेसका युवा नेताहरूलाई यस्तो कुरा नसिकाएको बताइन् ।
पार्टीमा असन्तुष्टि जनाएर फेसबुकको स्टाटस हेरेर निर्णय गर्ने बेला नभएको भन्दै पार्टीले इतिहासलाई हेर्नुपर्ने नेतृ राणाकाे भनाइ छ । उनले हरेक कुरा क्षणिक रूपमा हुन नसक्ने भन्दै समयको चक्र पनि घुमिरहेको बताइन् । उनले नेपाली कांग्रेस पार्टीले जति उपलब्धि हासिल गरेको जति कुनै पनि देशमा कुनै पनि पार्टीले नगरेको दाबी गरिन् ।
नेपालका ठूला–ठूलो उपलब्धिहरू नेपाली कांग्रेसको नेतृत्वमा भएको नेतृ राणाले उल्लेख गरिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया