दल

एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ, अराजकता अस्वीकार्य : ओली

इकागज |
असोज २६, २०८० शुक्रबार १९:३० बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अराजकतालाई स्वीकार गर्न नसकिने बताएका छन् । 

अध्यक्ष ओलीले पार्टी भित्रको अराजकतालाई एक इन्च पनि स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरूलाई निर्देशन दिए । शुक्रबार पार्टीको स्कुल विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनवाद मात्रै बुझ्ने, केन्द्रीयतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाँधिएको मानिस पार्टीमा हुनै नसक्ने बताए । अध्यक्ष ओलीले पार्टी भित्र सुदृढ अनुशासन चाहिएको बताए ।


ओलीले नीति र विधिको पार्टी हुनै नसक्ने बताए ।


Author

थप समाचार
x