सरकारले प्रभावकारी ढंगले काम गर्न सकेको छैन : कांग्रेस नेता सिटौला
काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताएका छन् ।
सरकार, संसद्, न्यायालय, संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका राज्य व्यवस्थाको समग्र मूल्यांकन गर्ने हो भने संविधानले परिकल्पना गरे अनुसार प्रभावकारी र निष्पक्ष ढंगले काम गर्न नसकेको पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाको भनाइ थियो । शुक्रबार काठमाडौँमा आयोजित ‘राजनीतिक उपलब्धि र आजको चुनौती विषयक विचार गोष्ठी’ मा बोल्दै उनले राज्यका सबै निकायलाई ठीक ढंगले अघि बढाउनका लागि नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।
नेता सिटौलाले कांग्रेसको आगामी मंसिरमा हुने नीति महाधिवेशनले मुलुकलाई अघि बढाउनका लागि ठोस योजना तय गर्ने दाबी समेत गरे । नेता सिटौलाले मुलुकमा एक पछि अर्को संकट बढ्दै गइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुनका लागि सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए । उनले अमेरिका, युक्रेन, रुस, इजरायललगायतका घटनाक्रमले नेपालमा एक पछि अर्को संकट देखिएकाले त्यसबाट राष्ट्र र जनतालाई मुक्त गराउन सरकार, संसद्, संवैधानिकले अत्यन्तै सचेत भएर काम गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
नेता सिटौलाले मुलुकको अर्थतन्त्र सुधारका लागि पनि सरकारले विशेष कदम चाल्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया