दल

कमल थापाकाे प्रश्न : वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ?

इकागज |
असोज २७, २०८० शनिबार १७:१९ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् ।​

संघीयता अन्तरगत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो । पार्टीद्वारा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भनि प्रश्न समेत गरे । नेपालजस्तो सानो देशका लागि सयभन्दा बढी मन्त्री र ५/७ सयको संख्यामा सांसद आवश्यक नभएकाले त्यसलाई कटौती गर्नुपर्ने उनले प्रस्ताव गरे ।


अध्यक्ष थापाले वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै त्यसमा सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरुलाई आग्रह समेत गरे ।

अध्यक्ष थापाले सनातन धर्मको संरक्षण गर्ने र वर्तमान भ्रष्ट व्यवस्था सुधारका लागि आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको जिकिर समेत गरे ।

 


Author

थप समाचार
x