कोसीको राजनीतिक संकट टर्यो, अब सहमतिको सरकार बन्छ : मुख्यमन्त्री कार्की
विराटनगर - कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशको राजनीतिक संकट टरेको र अब सहमतिको सरकार बन्ने बताएका छन् ।
शनिबार नियुक्त भई आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि प्रतिक्रिया दिने क्रममा उनले कोशी प्रदेशमा देखिएको राजनीतिक संकट अन्त्य भएको दाबी गरेका हुन् ।
प्रदेशसभा विघट भई मध्यावधि चुनावमा जानुपर्ने अवस्था टरेको दाबी गर्दै उनले वार्ता र संवादमार्फत् समाधान खोजिने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया