दल

प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत : कमल थापा

इकागज |
असोज २९, २०८० सोमबार १२:१५ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन् ।

सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौ हत्या जस्ता संविधान र कानुनले निषेध गरेको कार्य भइरहेको प्रति सरकार संवेदनशील हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका हुन् । उनले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम गराउन संविधान र कानुनको पूर्ण पालना गराउन सरकार गम्भीर हुनुपर्ने जिकिर गरे ।


थापाले समाजमा द्वन्द्व भड्काउन सक्ने स्थितिप्रति सबै पक्षहरू सचेत बन्नुपर्ने बताए । त्यस्तै अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे ।​

उनले नेपालले नक्सामा समेटेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमण बारे सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताए ।


Author

थप समाचार
x