भीम रावलले भने : देश जोगाउन यस्तो संघीयता खारेज गरिनुपर्छ
काठमाडौँ– नेकपा एमालेका नेता भीम रावलले देशको रक्षाका लागि संघीयता खारेज गर्नुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमा एउटा पोस्ट लेख्दै नेपाली भूभाग कालापानीमा भारतीय प्रधानमन्त्रीको नाँगो हस्तक्षेप हुँदा सरकार मौन रहेको भन्दै उनले सरकारको आलोचना पनि गरे ।
उनले लेखेका छन्, ‘नेपाली भूभाग कालापानीमा भारतीय प्रमको नाँगो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोशी प्रदेशमा देखियो, यदि यही नै संघीयताको मानक हो भने यस्तो संघीयता देश जोगाउन खारेज गरिनुपर्छ ।’
नेपाली भूभाग कालापानीमा भारतीय प्रमंको नांगो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोशी प्रदेशमा देखियो, यदि यही नै संघीयताको मानक हो भने यस्तो संघीयता देश जोगाउन खारेज गरिनु पर्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 15, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया