एमालेको मिसन २०८४ एकल बहुमतको सरकार : ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन २०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको जिकिर गरे । जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको उनकाे भनाइ छ ।
अध्यक्ष ओलीले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको उल्लेख गरे । उनले आफूलाई अध्यावधिक नगरेका कारण कांग्रेस बुढो भएको बताए । उनले कांग्रेसको कुनै नीति र विधि नरहेको बताए ।
अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया