दल

मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्छ : केपी ओली

इकागज |
कात्तिक १, २०८० बुधबार १८:४ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले नेपालको आफ्नै विविधता रहेको भन्दै आफ्नै विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्ने बताएका हुन् ।


उनले विविधतालाई विभेदको कुरा बनाएर समाजमा पक्षपात हुन नहुने र सामााजिक सद्भावमा आधारित राष्ट्रिय एकता बनाउनुपर्ने धारणा राखे । ओलीले मुलुकको आफ्नै विविधता भए पनि केही आयातित विविधता थोपर्न खोजिएकाले सतर्क हुनुपर्ने उल्लेख गरे । मुलुकको एकता बिथोल्न जनतालाई मूर्ख बनाउने प्रयास हुने गरेको भन्दै सजग भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले नेपाल शान्तिको पक्षमा रहेको र राष्ट्र अप्ठेरोमा परे ज्यान आहुती दिन तयार रहेको बताए । उनले समाज विकृत गैर जिम्मेवार भइरहेको अवस्थामा जिम्मेवार र अनुशासित बनाउने काम गर्न सुझाव दिए ।  


Author

थप समाचार
x