दल

कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान गर्ने

इकागज |
कात्तिक २, २०८० बिहीबार १६:२७ बजे

काठमाडौँ–नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले चियापानको कार्यक्रम सार्वजनिक गरेको हो ।

‘वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेसले यस वर्ष पनि निरन्तरता दिंदै विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा २०८० कात्र्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन अपरान्ह १ः००—५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन बी.पी. नगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको व्यहोरा जानकारी गराइन्छ ।’


उक्त चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकार मन्त्री परिषद्का सदस्यहरू, संबैधानिक निकायका प्रमुखहरू, माननीय सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कुटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरू, पेशागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानव अधिकारकर्मीहरू, विभिन्न संञ्चार माध्यमका प्रमुखहरू, पत्रकारहरू, गैर–आवासीय नेपालीहरूको संघ–संस्थाका प्रमुखहरू लगायतका बिशिष्ट महानुभावहरू, नेपाली कांग्रेसका सदस्यहरू एवं शुभेच्छुकहरूलाई कांग्रेसले निमन्त्रणा गरेको छ । 


Author

थप समाचार
x