भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुर्याउन सरकार असफल : रवि लामिछाने
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुर्याउन सरकार असफल भएको बताएका छन् ।
रास्वपा काठमाडौं क्षेत्र नंवर २ ले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा लामिछानेले सरकारले भ्रष्टाचारको फाइल खोल्न आँट गरेपनि निष्कर्षमा भने पुराउन नसकेको बताएका हुन् । भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि पहिलो देखि दोश्रो पन्ना पल्टाउन नसकेको उनले बताए ।
सभापति लामिछानेले आगामी निर्वाचनपछि भ्रष्टाचारको फाइलको धुलो टक्टक्याएर पहिलो पन्नादेखि नै अनुसन्धान गर्ने र कसैको मुख नहेरि कारवाही गर्ने जिकिर गरे । उनले कोशी प्रदेशमा महागठबन्धन बनेसंगै अव सैद्धान्तीक रुपमा मात्रै नभइ व्यवहारिक रुपमा नै रास्वपा देशको एक मात्रै प्रतिपक्षी दल भएको बताए । त्यस्तै लामिछानेले रास्वपालाई विदेशीको इशारामा चलेको भन्ने आरोप पुष्टि गर्न चूनौति दिए ।
नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएको रास्वपाले कसैको जुठोपिरो नखाने उनले बताए । त्यस्तै उहालेनेपाली जनताको हित र मुद्धामा रास्वपाले कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया