गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्छ : पूर्व सभामुख सापकोटा
फाइल तस्बिर
काठमाडौँ- पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्ने बताएका छन् ।
आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पूर्व सभामुख सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई निष्कर्षमा पुर्याउन सहजीकरण हुने बताएका हुन् । उनले महासचिव गुटेरेसले संसदमा गर्ने सम्बोधनलाई सबैले आत्मसाथ गर्ने उल्लेख गर्दै गुटेरेसले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि प्रभावकारी ढंगले सहजीकरण गर्नसक्ने विश्वास व्यक्त गरे ।
पूर्व सभामुख सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू पीडितको समेत सहमतिमा निष्कर्षमा पुर्याउनुपर्ने भन्दै यो भ्रमणले बाँकी काम पूरा गर्न अन्तर्राष्ट्रिय वातावरण बनाउनका लागि पनि भूमिका खेल्ने बताए । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसिरहेको बेलामा महासचिव नेपाल भ्रमणमा आउनुले नेपाल भ्रमणलाई उच्च महत्व दिएको कुरा स्पष्ट भएको पनि सापकोटाको भनाइ छ ।
उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपाललाई अन्तर्राष्ट्रिय जगतको सद्भाव पनि चाहिने उल्लेख गर्दै यस भ्रमण पश्चात सो किसिमको सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरे । महासचिव गुटेरेस सगरमाथाको आधार शिविरसम्म पुग्ने भएकाले उनको स्थलगत भ्रमणले नेपालमा जलवायु परिवर्तनका प्रभावहरु न्यूनीकरण गर्न ध्यान केन्द्रित हुने पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया