दल

शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघ महासचिव गुटेरेसको सद्भाव रहन्छ : प्रमुख सचेतक गिरी

इकागज |
कात्तिक १२, २०८० आइतबार १७:३५ बजे

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीलेले नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सद्भाव मात्र रहने बताएका छन ।​

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने जिम्मेवारी नेपालकै राजनीतिक दलहरूको भएको बताएका हुन् । नेपालको शान्ति प्रक्रियामा अनमिन समेत सहभागी भएको उल्लेख गर्दै उनले त्यसकारण यसको बारेमा महासचिवले चासो राख्नसक्ने बताए ।


सचेतक गिरीले संयुक्त राष्ट्र संघको महासचिवले शान्ति प्रक्रिया राम्रोसँग टुंगियोस् भन्ने सद्भाव मात्रै राख्नसक्ने बताए । उनले नेपाली विशिष्टतामा शान्ति प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै नेपालकै मौलिकता र विशिष्टतामा उभिएर टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए । यसप्रति नेपालका राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

उनले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुनुपर्ने बताए । त्यस्तै महासचिवको भ्रमणका बेलामा नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउनुपर्ने बताए ।


Author

थप समाचार
x