गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन सक्दैन : पदम गिरी
काठमाडौँ- नेकपा एमालेका मुख्य सचेतक पदम गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन नसक्ने बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुक बर्बादितर्फ जाने र आर्थिक क्षेत्र पनि सुधार हुन नसक्ने बताएका हुन् । अहिले आर्थिक क्षेत्र धरासायी मात्रै नभएर मन्दी नै आइसकेको भन्दै उनले आर्थिक रुपमा असफल मुलुक बन्ने खतरा रहेको जिकिर गरे । उनले छिटो भन्दा छिटो गठबन्धन भत्केर नयाँ कोर्षबाट राजनीतिलाई अघि बढाउनुपर्ने धारणा राखे ।
गिरीले गठबन्धनको सरकार भत्कनुपर्ने भए पनि एमाले भने सरकार ढाल्ने खेलमा नलागेको जिकिर गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया