विभिन्न निर्णय गर्दै सकियाे जसपाको बैठक
काठमाडौँ- जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले मधेश प्रदेश सभा सदस्यको रिक्त स्थानमा सिराहाकी सञ्जिलाकुमारी यादवलाई निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । साथै ललितपुरको रानीबुमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरूमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहेका छन् ।
यसैगरी उक्त बैठकले गङ्गाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सुरक्षा समितिमा मनोनयन गरेको बस्नेतले बताए । उनले भने, 'चुरे उत्खनन गरी निकासी पैठारीसम्बन्धी सरकारकाे निर्णयको पार्टीले विरोध गर्ने तथा केन्द्रीय कार्यालय समितिको अध्यक्ष भन्ने वाक्यांशलाई अब उप्रान्त केन्द्रीय कार्यालय सचिवको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया