शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छ : अध्यक्ष नेपाल
फाइल तस्बिर
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका छन् ।
मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका हुन् । यद्यपी उनले सो विषय आफूहरूकै पहल, योजना र तत्परतामा हल हुने स्पष्ट पारे । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले संसद्मा सम्बोधन गर्दै विश्व शान्तिमा नेपालको भूमिकाको उच्च प्रशंसा गरेको भन्दै खुसी व्यक्त गरे ।
अध्यक्ष नेपालले महासचिव गुटेरेसले नेपालप्रति निकटता र आत्मीयता देखाएको पनि उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया