दल

राष्ट्रसंघ महासचिव गुटेरेसको सम्बोधनले नेपालको यथार्थ चित्रण गरेको छ : चित्रबहादुर केसी

इकागज |
कात्तिक १४, २०८० मंगलबार १९:२० बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्‍मा गरेको सम्बोधनले नेपालको अवस्थाको यथार्थ चित्रण गरेको बताएका छन् । मंगलबार महासचिव गुटेरेसले सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् ।

शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्याउनुपर्ने कुरालाई महासचिव गुटेरेसले जोड दिएको उल्लेख गर्दै अध्यक्ष केसीले त्यसमा ढिलाई नगर्न राज्य पक्ष र तत्कालीन विद्रोही पक्षलाई आग्रह पनि गरे । पीडितलाई थप पीडा दिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने ढिलाई गर्नुहुन्न भन्ने पक्षमा आफ्नो पार्टी रहेको उनको भनाइ थियो ।


अध्यक्ष केसीले भने, ‘समय अनुकूल नेपालको अवस्थाको चित्रण गर्नुभएको छ । उहाँलाई धन्यवाद दिनुपर्छ । संयुक्त राष्ट्रसंघ पनि यो शान्ति प्रक्रियालाई अल्झाएर राख्नुहुन्न । टुंग्याउनु पर्छ भन्ने पक्षमा छ । उहाँले यसलाई समाधान गर्नु पर्छ भन्नुभयो । समाधान गर्ने त जो दोषी हो, त्यसलाई कारबाही गर्ने हो । जो पीडित छ, उसलाई सहयोग गर्ने हो । यसरी यति लामो समयसम्म अल्झाएर राख्नुहुन्छ र । त्यसो हुनाले यो समस्या समाधान गर्नुपर्छ । हलो अड्काएर हुन्न, यसलाई सहज निकास दिनुपर्छ भन्ने हाम्रो भनाई हो । सो समस्या छिटो समाधान गर्नुपर्छ अल्झाएर राख्नुहुन्न । त्यसका लागि राज्य पक्ष र अर्को पक्ष जिम्मेवार हुनुपर्छ । पीडितलाई अझ पीडा दिनुहुन्न ।’

अध्यक्ष केसीले दोषीलाई कारबाही गर्ने र पीडितलाई सहयोग गरेर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने पनि दोहोर्याए । उनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राज्य पक्ष बढी जिम्मेवार हुनुपर्ने धारणा समेत राखे ।


Author

थप समाचार
x