'जलवायु परिवर्तनले परेको असरमा विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने कुरा गर्नु खुसीको क्षण'
फाइल तस्बिर
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनमा नेपाललाई परेको असरमा विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने कुरा गर्नु खुसीको क्षण भएको बताएका छन् । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा महासचिव गुटेरेसले सम्बोधन गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्ताे बताएका हुन् ।
सांसद पुनले महासचिव गुटेरेसले प्रभावित देशहरूलाई विकसित देशहरूले सहयोग गर्नु दायित्व भएको कुरा सम्बोधन गरेको भन्दै नेपालले पाउनुपर्ने सुविधा पाउनुपर्ने जिकिर गरे । उनले शान्ति प्रक्रियाका बाँकी कामहरू नेपालका सबै पक्षहरू बसेर मौलिक ढंगले सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने बताए ।
यस्तै उनले संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणले नेपालको गौरव बढाएको पनि उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया