गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरूको मुद्दामा गम्भीर भएको पायौँ : सांसद पौडेल
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एन्टोनियो गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरूको मुद्दामा गम्भीर भएको महसुस गरेको बताएका छन् ।
मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सांसद पौडेलले महासचिव गुटेरेसले संसद् बैठकमा सम्बोधन गर्ने क्रममा विकासोन्मुख र अल्पविकसित देशहरूको मुद्दामा गम्भीर भएको पाएको बताएका हुन् । उनले वातावरण संरक्षण, जलवायु परिवर्तनलगायतको विषयमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेको पनि बताए ।
सांसद पौडेलले जलवायु परिवर्तनको असरको सम्बन्धमा अल्पविकसित देशहरूले क्षतिपूर्ति पाउने कुरा महासचिव गुटेरेसले स्पष्ट ढंगले राखेको पनि उल्लेख गरे ।
गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेका कामहरूको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय उदाहरण बनेको उल्लेख गरेको पनि सांसद पौडेलको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया