दल

'संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छ'

इकागज |
कात्तिक १६, २०८० बिहीबार १६:२९ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) ले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुने बताएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रिया टुंगो लगाउने सहमति समितिमा भइसकेको र संसदबाट भने अर्को हिउँदे अधिवेशनबाट पारित गर्ने सहमति जुटेको बताए । उनले संक्रमणकालीन न्याय नटुंगिँदा विश्वमाझ विभिन्न खाले प्रश्नहरु उठेको बताए । उनले विश्वमाझ उठेका विभिन्न प्रश्नलाई अन्त्य गर्न आवश्यक रहेको बताए । 


उनले भने, ‘शान्ति प्रक्रिया टुंगो लागेको छैन । यसलाई टुंगो लगाउनुपर्नेछ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रश्न खडा भएका छन् । पीडितहरुको परिपूरणका कुरा छन् । यो दिने, यो लिने भन्ने प्रसंग उठेको छैन । समितिमा टिआरसी बिलको बारेमा सहमति भइसकेको छ । अब यो फुल हाउसबाट हिउँदे अधिवेशनमा पारित गर्ने सहमति भएको छ ।’

प्रवक्ता सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल आउनु बहुआयामिक महत्वको विषय भएको बताए । उनले संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल आउनु र विश्व शान्तिको अपिल गर्नु महत्वपूर्ण भएको बताए । 

प्रवक्ता सापकोटाले महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियाका बाँकी काम मौलिक ढंगबाट टुंग्याउनुपर्ने र पीडित पक्षलाई विश्वासमा लिएर टुंगोमा पु¥याउन सहयोग पुगेको बताए । मेल
 


Author

थप समाचार
x