दल

एमाले मधेस प्रदेश कमिटीले भूकम्प पीडितलाई ३ लाख सहयोग गर्ने

इकागज |
कात्तिक १८, २०८० शनिबार १६:१० बजे

फाइल फोटो

वीरगञ्ज - नेकपा एमाले मधेस प्रदेशले भुकम्प पीडितका लागि ३ लाख सहयोग गर्ने भएको छ । गए राती जाजरकोटलाइ केन्द्रविन्दु बनाएर गएको भुकम्प पीडितका लागि सहयोग स्वरूप तीन लाख सहयोग गर्ने भएको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मधेस प्रदेशका निर्वाचित पार्टी पदाधिकारी र सदस्यहरूलाई सपथ ग्रहण कार्यक्रममार्फत सो घोषणा गरिएको हो । जाजरकोट रूकुम लगायतका जिल्लामा विनाशकारी भुकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएको पनि जनाएको छ ।


पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि आज वीरगञ्जमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेष कार्यक्रम मार्फत पार्टीका तर्फबाट रु ३ लाख सहयोग गर्ने निर्णय गरेको हो।


Author

थप समाचार
x