राष्ट्रिय राजनीतिको मियो बन्नुपर्ने कांग्रेस आन्तरिक झगडामा रुमल्लिनु दु:खद : डा शेखर
काठमाडौँ - नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा काँग्रेस पार्टी आन्तरिक झगडामा रुमल्लिनु दु:खद भएको बताएका छन् । विपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म काँग्रेसको वरिपरि नेपालको राजनीति घुमेको प्रसंग स्मरण गर्दै कोइरालाले नेताहरूकै कमीकमजोरीका कारण काँग्रेसको छवि दिनदिनै गिर्दै गएको बताए ।
'राष्ट्रिय राजनीतिको मियो बन्न सरकारको नेतृत्व नै गर्नुपर्छ भन्ने छैन,' कोइरालाले भने, 'विपी कोइराला जेलमा हुनुहुन्थ्यो पार्टी प्रतिबन्धित थियो तर त्यतिबेला पनि नेपाली काँग्रेस राजनीतिको मियो थियो । मेरो लक्ष्य कांग्रेसलाई फेरि त्यस्तै पार्टी बनाउँने हो ।'
अन्तर्राष्ट्रिय स्तरमै काँग्रेसको छवि गिर्दै जानु राम्रो संकेत नभएको भन्दै उनले अब केवल गुटबन्दी र आत्म रतिमा रमाएर बस्न नहुने बताए ।
नेपाली काँग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनलाई धादिङबेसीमा सम्बोधन गर्दै कोइरालाले अब हुने कुनै पनि निर्वाचनमा काँग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया