कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउनुपर्छ : माधव नेपाल
विराटनगर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कोशीमा स्थिरता कायम गर्न सर्वदलीय/सर्वपक्षीय सरकार बनाउनुपर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले केन्द्रमा एक प्रकारको गठबन्धन भए पनि कोशी प्रदेशमा भने सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनुपर्ने उल्लेख गरे । उनले कुनै एक पक्षलाई निषेध गर्ने वातावरण कोशी प्रदेशमा नरहेको जिकिर गरे ।
कोशी प्रदेशको नामकरणबारे उठेको विवाद आवश्यक नरहेको बताउँदै उनले जनताको भावनालाई सम्मान गर्न कोशी प्रदेश सभा बैठकले नामकरणको विषय टुङ्ग्याउनुपर्ने धारणा राखे ।
अध्यक्ष नेपालले आममाफी दिने विषयमा सर्वोच्च अदालतको परमादेश उपयुक्त भएको र विगतमा गरिएका गल्ती कमजोरीलाई सच्याएर अघि बढ्न सरकारलाई आग्रह समेत गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया