दल

जाजरकोटबाट सांसद कार्कीले अनुरोध- हेलिकप्टरबाट भए पनि राहत सामग्री वितरण गरौँ

इकागज |
कात्तिक २०, २०८० सोमबार १२:३७ बजे

काठमाडौँ– रास्वपा सांसद डा. तोसिमा कार्कीले भूकम्प प्रभावितका लागि देशविदेशबाट राहत आए पनि पीडितको हातमा पुग्न नसकेको बताएकी छन् । शुक्रबार जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएलगत्तै राहत र उद्धारका लागि प्रभावित क्षेत्र पुगेकी सांसद डा. कार्कीले सोमबार फेसबुकमा एउटा पोस्ट लेख्दै यस्तो बताएकी हुन् । 

चिसोलगायत विविध कारण पीडितहरू धेरै ठाउँमा भोकभोकै बसिरहेको उनको भनाइ छ । शौचालय भत्किाएका कारण मानिसहरूलाई शौच गर्नसमेत गाह्रो भइरहेको उनले उल्लेख गरेकी छन् ।  


‘शौचालय भत्किएर अव्यस्थित शौचको अवस्था छ । मानिसहरू चिसोले कठ्यांग्रिएर, भोकले अनि महामारीले ज्यान गुमाउने अवस्था समयमै नियन्त्रण गर्नलाई अब हेलिकप्टरहरू गाउँगाउँमा पठाएर भए पनि यहाँ आएका राहत सामग्री तत्कालै वितरण गर्न अनुरोध छ,’ उनले लेखेकी छन् । 

शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी रुकुम र जाजरकोटमा १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिब चार सय घाइते भएका छन् ।


Author

थप समाचार
x