दल

राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने एकीकृत समाजवादीको निर्णय

इकागज |
कात्तिक २२, २०८० बुधबार १४:३३ बजे

काठमाडौँ– सत्तासीन दल नेकपा एकीकृत समाजवादीको आगामी राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने भएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले महाधिवेशन माघ १४ देखि १८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको इकागजलाई जानकारी दिए । 

पार्टीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकले मिति तोके पनि स्थान तोकेको थिएन । पार्टी अध्यक्ष माधवकुमार नेपाल चीन भ्रमणबाट फर्किएपछि महाअधिवेशनका लागि एजेण्डा निर्माणसहित आन्तरिक तयारी थाल्ने प्रवक्ता खतिवडाले बताए ।



Author

थप समाचार
x