दल

जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छ : प्रधानमन्त्री दाहाल

इकागज |
कात्तिक २३, २०८० बिहीबार १७:३६ बजे

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् ।​ बिहीबार पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक-पटक उठिराख्ने बताएका छन् । उनले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने जिकिर गरे ।

हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले एक छिन दबाए पनि फेरि उठ्ने प्रधानमन्त्री दाहालकाे भनाइ थियाे । उनले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको दाबी गरे । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भूमिका खेलेको भन्दै उनले उनको सो भूमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताए ।


प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठूलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको उल्लेख गरे । उनले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समय क्रममा यसको आधिकारिक र प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गरे । उनले अहिले जनयुद्धलाई विद्रुपिकरण गरेर निरंकुशतालाई अगाडि ल्याउने जमर्को भइरहेको उल्लेख गरे ।


Author

थप समाचार
x