राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि ३ गतेसम्म
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बिहीबार काठमाडौँमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको राप्रपाले जनाएको छ ।
आज बसेको राप्रपाको बैठकले जाजरकोट भूकम्पका बारेमा छलफलका गर्न सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णयसमेत गरेको राप्रपाले जनाएको छ । राप्रपाले भूकम्पबाट घरबार गुमाएकाहरूलाई तत्काल राहत उपलब्ध गराउन पनि माग गरेको छ । उसले राहत वितरणमा एकरूपता नदेखिएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया