दल

जब केपी ओलीले आफ्नै आवाजमा 'सालको पातको टपरी' गीत सुनेपछि...

शुरज थपलिया |
कात्तिक २५, २०८० शनिबार १३:१६ बजे

काठमाडौँ- प्रविधिको विकाससँगै दुरूपयोग पनि उत्तिकै छ । पछिल्लो समय 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई)को प्रयोग पनि उच्च छ । 

शनिबार बिहान एउटा अडियो भाइरल भयो । उक्त अडियोमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गीत गाएका थिए । दुरूस्तै ओलीको स्वरमा गाइएको गीत थियो- सालको पातको टपरी । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले पाँच वर्षअघि गाएको उक्त गीत एआईको प्रयोग गरी ओलीको स्वरमा मिलाइएको थियो ।


पाँच वर्षअघि हिट भएको उक्त गीत अहिले पनि उत्तिकै रूचाइहिएको छ । वसन्त थापाको युटुब च्यानलबाट अपलोड भएको उक्त गीतको ९० मिलियन भ्यूज गएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुनेको तर एआई प्रयोग भएको एउटा भिडियो फेसबुकबाट सार्वजनिक गरेका छन् । ओलीले प्रविधिको विकास हुनु राम्रो भए पनि आफूले बोल्दै नबोलेको कुराहरू आएको जस्तो लाग्‍ने बताएका छन् । उनले प्रविधिले सजिलो मात्र होइन, दुरूपयोगको चुनौती पनि थपेको बताएका छन् ।

'टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो  गीत सुनियो । "आर्टिफिसियल इन्टेलिजेन्स" (एआई)को प्रयोग गरी यसरी आफ्नो स्वरमा गीत बनाउने प्रविधि पनि आइसक्यो' ओलीले भनेका छन् 'प्रविधिको विकास हुनु राम्रो हो, तर आफूले बोल्दै नबोलेका कुराहरू पनि यसरी आइरहेका छन् कि जस्तो पो लाग्दैछ । प्रविधिले सजिलो मात्र होइन, दुरुपयोगको चुनौती पनि थप्छ ।'


Author

थप समाचार
x