दल

'भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्छ'

इकागज |
कात्तिक २५, २०८० शनिबार १८:२७ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।​

समाजवादी प्रेस संगठनले शनिबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा खनालले भूकम्प पीडितलाई समयमा नै राहत उपलब्ध हुन नसकेको गुनासो आएको भन्दै राहत र पुनर्स्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । उनले भविष्यमा हुने विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न सरकारले समयमा नै आवश्यक पूर्व तयारी गर्नुपर्ने धारणा राखे ।


त्यस्तै खनालले राजतन्त्रको मुद्दा थोत्रो भइसकेको भन्दै यसको कुनै अर्थ नहुने जिकिर गरे । जनताले फ्याकेका एजेण्डाहरू ताजा बन्न नसक्ने भन्दै उनले तीनै एजेण्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको बताए ।

उनले अहिले देशलाई हाक्नले शक्तिहरूले मुलुकको ज्वलन्त समस्याहरू समाधानका लागि गम्भीर हुनुपर्ने बताए । 


Author

थप समाचार
x