दल

रवि लामिछानेकाे प्रश्न : अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ?

इकागज |
कात्तिक २७, २०८० सोमबार १६:४० बजे

काठमाडौँ- सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । टिकटक प्रतिबन्धमा प्रतिक्रिया दिँदै उनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत टिप्पणी गर्दै सामाजिक सञ्जाललाई बन्द नगरेर नियमन गर्नुपर्नेमा जोड दिए ।

लामिछानले समस्या प्लेटफर्मको नभई सामग्रीमा रहेको, अराजकता माध्यमको के दाेष भन्दै प्रश्न गरे । टिकटकका कैयौं उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रूपमा खराबलाई नियन्त्रण गर्न सकिने उनकाे भनाइ छ ।


उनले भनेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ?’

सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीबाट भएको विरोधको अर्थ नबुझिएको भन्दै लामिछानले भने, '​सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरूको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?

 


Author

थप समाचार
x