सरकारले भूकम्प पीडितलाई युद्धस्तरमा सेवा दिन सक्नुपर्छ : झलनाथ खनाल
काठमाडौँ- सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिम नेपालका भूकम्प पीडितका लागि आवश्यक सेवा उपलब्ध गराउने कामलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन् ।
जाडोले कठ्याङ्ग्रिएर भूकम्प पीडितहरू मर्नुपरेको दुर्भाग्यपूर्ण समाचार आफूले सुनेको उल्लेख गर्दै सम्मानित नेता खनालले त्यस्तो अवस्था आउन नदिने गरी उनीहरूको सेवामा सरकार युद्धस्तरमा लाग्नुपर्ने बताएका हुन् । सोमबार काठमाडौँको डल्लुस्थित आफ्नै निवासमा आयोजित देउसीभैलो कार्यक्रममा बोल्दै उनले कतिपय पीडितले अहिले पनि राहत र उद्धार पाउन नसकिरहेको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।
सम्मानित नेता खनालले तिहारलाई दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई आत्मीय बनाउने रमाइलो चाडको रूपमा पनि चित्रण गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया