दल

टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ : राजेन्द्र लिङ्देन

इकागज |
कात्तिक २७, २०८० सोमबार १८:४७ बजे

काठमाडौँ- ​ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन् ।

सरकारले आजदेखि लगाउने भनिएकाे टिकटकमाथिको प्रतिबन्धकाे विराेध गर्दै उनले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका हुन् । अध्यक्ष लिङ्देनले कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन नपाइने उल्लेख गरे । उनले भने, 'टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो ।'


उनले अगाडि लेखेका छन्, 'आज टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स (टुइटर), फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ । कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिन्छ ।'

 


Author

थप समाचार
x