दल

नियमनका नाममा प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन : महासचिव पोखरेल

इकागज |
कात्तिक २७, २०८० सोमबार १९:२१ बजे

​काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नियमनका नाममा प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको बताएका छन् ।  

सरकारले टिकटकमाथि प्रतिबन्ध लगायने निर्णय गरेपछि महासचिव पोखरेलले यस्ताे टिप्पणी गरेका हुन् । उनले सामाजपक सञ्जालमार्फतलेखेका छन्, ‘नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन । कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो । ध्यान देऊ ।’


 


Author

थप समाचार
x