दल

टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक : शेखर कोइराला

इकागज |
कात्तिक २७, २०८० सोमबार २०:१६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक भएकाे बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्ताे बताएका हुन् ।

नेता कोइरालले यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह पनि गरेका छन् । उनले भनेका छन्, 'व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ । यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु ।'


साथै उनले विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरूका बारेमा सरकारलाई स्मरण: गराउन चाहेकाे पनि उल्लेख गरेका छन् ।

सरकारले आज सोमबार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
 


Author

थप समाचार
x