दल

राष्ट्रपति पौडेलले कांग्रेसको प्रतिनिधि भएर काम गरिरहनु भएको छ : ओली

इकागज |
मंसिर २, २०८० शनिबार १५:३९ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेको आरोप लगाएका छन् ।

राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि कांग्रेसको प्रतिनिधिका रूपमा पुगेको ओलीको जिकिर थियो । पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित आयोजित विशेष भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलको सुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताए ।


संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाइ थियो । ओलीले भूकम्प पीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानु परेको भनि राष्ट्रपति पौडेललाई प्रश्न समेत गरे ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरूले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र मन्त्रीहरूका रूपमा काम गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।


Author

थप समाचार
x