दल

माओवादी केन्द्र र नेसपाको एकता प्रक्रिया

नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने

इकागज |
मंसिर ३, २०८० आइतबार १५:१७ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीचको पार्टी एकता वार्ता समितिको बैठकले नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टी एकता संयोजन समिति बैठकले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरूमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायतका विषयहरूमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरूप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरेको हो । 



Author

थप समाचार
x