दल

महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नभएको जानकारी पाए : ओली

इकागज |
मंसिर ६, २०८० बुधबार १५:१८ बजे

फाइल फोटो

काठमाडौँ  - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने बताएका छन् । 

बुधबार पार्टी कार्यालयमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको कमजोरीका कारण प्रतिगामी शक्तिहरूलाई हौसला मिलेको भन्दै उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने बताएका हुन् । 


ओलीले सरकारका कारण देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको जिकिर गरे । देशलाई अगाडि बढाउने जिम्मा एमालेले लिने भन्दै उनले आवश्यक परे जनताले सडकबाटै निर्णय लिन सक्ने चेतावनी दिए । उनले पछिल्लो अढाई वर्षमा मुलुकको स्वाधीनता अपहेलित अपमानित र तिरस्कृत भइरहेको भन्दै यो राष्ट्रका लागि शोभनीय र सम्मान जनक नभएको बताए । 

अहिले राष्ट्रहीत नभई सत्ता स्वार्थलाई प्राथमिकतामा राख्दा मुलुक संकटको अवस्थामा पुगेको उनले बताए । त्यस्तै ओलीले वामपन्थी एकता गर्दा पार्टी फुट्ने भएकाले व्यवहारिक रुपमा सम्भव हुन नसक्ने बताए ।  वामपन्थी शक्तिको एकता पपुलिष्ट कुरा भएकाले यस्ता कुरा नगर्न उनले आग्रह गरे । अध्यक्ष ओलीले एमालेको नीति र संगठनलाई स्वीकार गरेर मात्र एकता गर्न सकिने तर दुई वटा अध्यक्ष राखेर एकता हुन नसक्ने जिकिर गरे । 

अध्यक्ष ओलीले महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको जानकारी पाएको बताए । उनले बदनाम गर्ने र चरित्र हत्या गर्ने कोसिसलाई चिर्न र खण्डन गर्न पार्टी पङ्क्तिलाई निर्देशन समेत दिए । 


Author

थप समाचार
x