प्रचण्ड-बाबुरामबीचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छ : सहअध्यक्ष श्रेष्ठ
फाइल तस्बिर
प्रचण्ड-बाबुरामबीचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छ : सहअध्यक्ष श्रेष्ठ
काठमाडौँ- नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको बीचमा अविश्वासको अन्त्य भएको बताएका छन् । बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका श्रेष्ठले दाहाल र भट्टराईको बीचमा अविश्वासको अन्त्य भएकोले छिट्टै दुई पार्टीको एकता हुने बताएका हुन् ।
सहअध्यक्ष श्रेष्ठले दुई नेताका बीचमा कुनै पनि प्रकारको असमझदारी नभएको जिकिर गरे । उनले क्रान्तिकारी शक्तिहरू छिन्नभिन्न नभइ एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको वस्तुगत आवश्यकता भएको उल्लेख गर्दै सो वस्तुगत आवश्यकताको बोध दुवै शीर्ष नेताहरूमा भएको बताए ।
अध्यक्षद्वय दाहाल र भट्टराई एकताबद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्ब नहुने उनकाे भनाइ छ । सहअध्यक्ष श्रेष्ठले एकता प्रक्रिया कुनै पनि बहानामा पछाडि नफर्किने बताए ।
सहअध्यक्ष श्रेष्ठले प्रतिगामी शक्तिहरू एकताबद्ध हुँदै गइरहेको भन्दै सो कुरा अग्रगामी शक्तिहरूले चिन्ता गर्नुपर्ने विषय भएको बताए । प्रतिगामी शक्तिहरू एक हुनासाथ संघीयता, गणतन्त्र र संघीयता खारेज नहुने उनको भनाइ छ । उनले नेपालबाट अब संघीयता र गणतन्त्रलाई अब कसैले हटाउन नसक्ने बताए ।
सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेसपामात्रै नभई विगतमा जनयुद्ध, जनआन्दोलनमा सहभागी सबै शक्तिहरू पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया