सरकारविरुद्ध तीनकुनेमा युवा संघको प्रदर्शन
काठमाडौँ - नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारकाविरुद्ध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरू रहेका छन् । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले भ्रष्टाचार, अपराध लगायतका बेथिति विरुद्ध नारा लेखिएका प्लेकार्डहरू बोकेर विरोध जनाएका छन् । सहभागी प्रदर्शनकारीहरूले अति भयो अन्याय र अत्याचार, कति सहने राज्य आतंक ? गणतन्त्र विरोधीहरु होसियार लगायतका प्लेकार्ड र ब्यानर बोकेर विरोध जनाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया