हाम्राे आन्दोलन परिवर्तनको रक्षाका लागि हाे : महेश बस्नेत
'गणतन्त्रको विकल्प पुरानो व्यवस्था हुनै सक्दैन'
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफूहरूको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताएका छन् ।
युवा संघले काठमाडौँको तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन अघि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले अहिले विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि चुनौती खडा गर्ने प्रयास प्रतिगामी तत्वबाट हुन खोजेको भन्दै त्यसको विरुद्ध आफूहरूको आन्दोलन केन्द्रित रहेको बताएका हुन् ।
उनले गणतन्त्रको विकल्प पुरानो व्यवस्था हुन नसक्ने स्पष्ट पारे । कथित राजतन्त्रवादीहरू गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाईंजस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खाेजेको उनको भनाइ छ । त्यस्तै बस्नेतले राजनीतिक आग्रहका आधारमा सरकारले काम गर्न खोज्ला भ्रष्टाचार अन्त्य हुन नसकेको र सुशासन कायम हुन नसकेको बताए ।
उनले अहिलेको व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गर्दै बलियो बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे ।
गणतान्त्रिक व्यवस्थामाथि आक्रमण हुँदा सबैभन्दा पहिला एमाले आक्रामक हुने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया