गणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला
फाइल तस्बिर
चितवन- नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्ने प्रति सरकार सतर्क भएको बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे ।
तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ । उनले सहरमा जम्मा भइ हो-हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया