दल

दुर्गा प्रसाईंले प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने- 'हामी रगतको खोला बगाउन चाहन्नौँ'

इकागज |
मंसिर ७, २०८० बिहीबार १५:११ बजे

फाइल तस्बिर

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम सकिएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

झडपले स्थिति तनावग्रस्त भएपछि प्रसाईंले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेको छन् । उनले आफूहरू शान्तिको प्रतीक भएकाले आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गरेका हुन् ।


उनले भने, 'म अनुरोध गर्न चाहन्छु, संयमित हुनुस्, हामी शान्तिका दुत हौँ, हामी रगतको खोलो बगाउन चाहन्नौँ, हामी हाम्रो बाटोमा मिसनमा हिँड्नेछौं ।'


Author

थप समाचार
x