दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीकाे धरपकडप्रति कमल थापाको आपत्ति
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज भएको धरपकडप्रति आपत्ति जनाएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको तथा उनका समर्थकलाई धरपकड गरेपछि अध्यक्ष थापाले आपत्ति जनाएका हुन् ।
‘शान्तिपूर्ण विरोध प्रदर्शन, जुलुस र सभा गर्न पाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाडौँमा जथाभाबी धरपकड गर्ने, नजरबन्द गर्ने र प्रदर्शन निषेध गर्ने सरकारको निरंकुश र दमनकारी कार्यको राप्रपा नेपाल भर्त्सना गर्दछ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रशासनिक दमनबाट होइन, वार्ता र सहमतिको आधारमा समाधान खोजिनुपर्छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया