दल

रविन्द्र मिश्र भन्छन् - गिरफ्तारी, नजरबन्द र निषेधित क्षेत्रले न पञ्चायत न राजा बचायो

इकागज |
मंसिर ८, २०८० शुक्रबार १५:५७ बजे

फाइल फोटो

काठमाडौँ - राप्रपा नेपालका उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू पक्राउ परिरहेको घटना प्रति घोर भर्त्सना गरेका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै मिश्रले  नितान्त असम्बन्धित ठाऊँहरूबाट पक्राउ परेका सबैलाई तुरून्त रिहा गर्न माग गरेका छन् ।

उनले भने्, 'राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू पक्राउ परिरहेछन्। त्यो पनि कतिपय नितान्त असम्बन्धित ठाउँहरूबाट। सबैलाई तुरून्त रिहा गरियोस्। गैरकानुनी गिरफ्तारीहरूको घोर भत्सर्ना गर्दछु।'


उनले गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले  पञ्चायत र राजाको शासन कुनै पनि बचाउन नसकेको बताए ।  देशकालागि गणतन्त्र घातक भएको उनको भनाइ छ । उनले भने, 'यो देशको चरम भूराजनीतिक र आन्तरिक संवेदनशीलताका कारण गणतन्त्र यो देशको लागि घातक छ। यसले धेरै वर्षसम्म असर पर्ने गरी समाजको पत्र-पत्रलाई पतित बनाइसक्यो।'

गणतन्त्र हाँक्नेहरू सत्यानाशी भएको मिश्रको आरोप छ । 'त्यो भन्दा बढी सत्यानाशी नागरिक समाजका अगुवा छन्', उनले भने ।  

गणतन्त्र हाँक्ने र त्यसको बचाउ गर्नेहरूले गणतन्त्र घिसार्ने प्रयास नगर्न उनले चेतावनी दिए । 

मिश्रले राजा ल्याउँदैमा सबै राम्रो नहुने पनि बताए । उनले भने, 'नेताहरूले पाँच सस गल्ती गर्दा राजाले पाँच वटा मात्रै गर्छन् ।' 


Author

थप समाचार
x