मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छ : अष्टलक्ष्मी शाक्य
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेकी उपाध्यक्ष एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै दलहरू मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएकी छिन् ।
उपाध्यक्ष शाक्यले संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दलहरू नमिली सुखै नभएको पनि दोहोर्याइन् । ललितपुरमा आयोजित ‘राजनीतिको महिलाकरण’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले समाजवादमा जाने लक्ष्य किटान गरेकाले सबै राजनीतिक दलहरूले संविधानको कार्यान्वयनमा जोड दिएर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।
उनले मुलुकलाई समृद्धिको बाटोमा लैजाने कामका लागि महिलाहरूलाई नेतृत्वदायी भूमिकामा पुर्याउनुपर्ने बताइन् । उपाध्यक्ष शाक्यले सामन्तवादी सोचको अवशेषको रूपमा रहेको पितृसत्तात्मक सोचलाई अन्त्य गर्न वैचारिक संघर्षलाई तीव्रता दिनुपर्नेमा पनि जोड दिइन् ।
कार्यक्रममा बोल्दै एमालेकी स्थायी समिति सदस्य एवं पूर्वसांसद डा. विन्दा पाण्डेले संविधानमा व्यवस्था गरेको समावेशी प्रतिनिधित्वको सवालमा महिलाहरू आफैँ स्पष्ट हुनुपर्ने बताइन् । उनले महिलाहरूले पार्टीबाट प्रतिनिधित्व गरेर गए पनि सबै जनताको प्रतिनिधिको रूपमा आफू रहेको कुरालाई मनन गर्दै सोही अनुसार काम गर्नुपर्ने स्मरण गराइन् । पाण्डेले महिला प्रतिनिधित्वको सवालमा संविधानमा व्यवस्था गरिएका कुरालाई कार्यान्वयनमा लैजाने कुरामा पनि कमी भएको बताइन् ।
पाण्डेले लिंगभेदको अन्त्य गर्ने कामको सुरुवात भने घरैबाट गर्नुपर्ने दोहोर्याइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया