दल

हाम्राे अभियानले देशको विकास गर्छ : दुर्गा प्रसाईं

'हामीलई काठमाडौँमा निषेध गर्नेहरूलाई अब हाम्राे अभियानले निषेध गर्छ'

इकागज |
मंसिर ९, २०८० शनिबार १७:१६ बजे

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूको अभियानले देशको विकास गर्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौँको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले अहिलेका दलहरूबाट देशको विकास नहुने भन्दै जनतालाई अघि सारेर देशको विकास गर्ने दाबी गरेका हुन् । सबै नेपालीहरू राष्ट्रवादी बन्न आवश्यक रहेकाले अबको समय विकास र समृद्धिको भएको उनको भनाइ छ ।


प्रसाईंले विभिन्न कारणले जनताहरूले देहत्याग गर्नुपरे पनि राज्यले केही गर्न नसकेको बताए । १०० औं वर्ष आन्दोलनमा बेतित गर्नुपर्दा देशमा विकास हुन नसकेको उनले तर्क गरे । उनले भ्रष्टाचार, तस्करविरुद्ध लड्न आह्वान समेत गरे ।

प्रसाईंले शान्तिपूर्ण रूपमा आफूहरूको अभियान चल्ने र कसैले रोक्न नसक्ने बताए । उनले आफूहरूलाई काठमाडौँमा निषेध गर्नेहरूलाई अब आफ्नो अभियानले निषेध गर्ने चेतावनी दिए । 


Author

थप समाचार
x