रास्वपाको केन्द्रीय समिति र दलको बैठक आज पनि
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक जारी रहेको छ ।
पहिलो पटक काठमाडौँ उपत्यका बाहिर केन्द्रीय समिति र संसदीय समितिको बैठक गरिरहेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गरिरहेको छ।
सो बैठक मंसिर ११ बाट सुरु भएर १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका थिए । जसअनुसार आज बिहान सुरूमा केन्द्रीय समिति बैठक बस्नेछ भने त्यसपछि संसदीय दलको बैठक बस्नेछ ।
हिजोदेखि सुरु हुने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका एजेण्डा रहेका छन् ।
सो बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवाश्यक निर्णय लिनेछ ।
उक्त बैठकमा जिल्लाका सभापतिहरूको पनि उपस्थिति रहने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया